ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

ग्लोबल आइएमई समुन्नतसहित ५ ओटा धितोपत्रमा उच्च खरीद माग

२०७८ असोज, २५  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असोज २५, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको साढे दुई घण्टाको अवधिमा ग्लोबल आइएमई समुन्नत स्किम - १ सहित ५ ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ ।

कारोबारमा आएका २१७ ओटा धितोपत्रमध्ये पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ । ग्लोबल आइएमई समुन्नत स्किम १, मेगा बैंक, सिभिल बैंक, सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम २ को धितोपत्रमा उच्च खरीद माग रहेको हो ।

ती पाँच ओटा धितोपत्रमध्ये सबैभन्दा बढी ग्लोबल आईएमई समुन्नत स्किम - १ को १३ लाख २६ हजार ८७० इकाई खरीद माग रहेको छ ।

त्यसैगरी मेगा बैंकको ८ लाख ४३ हजार ८७६ कित्ता, सिभिल बैंकको ३ लाख ५३ हजार ९९७ कित्ता, सिद्धार्थ इक्विटी फण्डको २ लाख ८७ हजार ३२० इकाई र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम २ को १ लाख ७८ हजार ५०० इकाई खरीद माग रहेको हो ।  

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्