ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

भारतमा कोरोना संक्रमितको संंख्या ७ महीना पछिकै कम      

२०७८ असोज, २५  
अन्तरराष्ट्रिय
Image Not Found

असोज २५, नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको संख्या सात महीना पछिकै सवैभन्दा कम देखिएको छ ।

अधिकारीहरुले सोमवार दिएको जानकारीअनुसार भारतमा पछिल्लो एक दिनमा १८ हजार १३२ जना नयाँ संक्रमित थपिएका छन् । यो संख्या २१५ दिन अर्थात सात महीनाभन्दा बढीसमय पछिको सवैभन्दा कम भएको पनि अधिकारीहरुले बताएका छन् ।     
     
केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण १९३ जनाको मृत्यु भएको बताएको छ । योसँगै भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म मृत्यु भएकाको संख्या ४ लाख ५० हजार ७८२ पुगेको छ ।

महामारीबाट पछिल्लो समयमा सवैभन्दा धेरै प्रभावित हुनेमा केरला प्रदेश नै रहेको छ । केरलामा मात्रै पछिल्लो २४ घण्टामा ८५ जनाको मृत्यु भएको छ भने १० हजार ६९१ जना संक्रमित भएका छन् ।     
     
भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको संख्या दुई लाख २७ हजार ३४७ पुगेको छ । यो संख्या२०९ दिनपछिकै सवैभन्दा कम भएको मन्त्रालयले बताएको छ । त्यसैगरी पछिल्लो एक दिनमा २१ हजार ५६३ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै कुल संक्रमणमुक्त भएकाहरुको संख्या ३ करोड ३२ लाख ९३ हजार ४७८ पुगेको छ । रासस/  एएनआई  
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्