ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

नेप्सेले माग्यो तीन ओटा ब्रोकर कम्पनीहरुसँग स्पष्टीकरण

२०७८ असोज, २५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २५, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले तीन ओटा ब्रोकर कम्पनीहरुसँग स्पष्टीकरण मागेको छ ।

नेप्सेले ब्रोकर नम्बर ३९ सुमेरु सेक्युरिटिज, ब्रोकर नम्बर ४८ त्रिशक्ति सेक्युरिटिज र ब्रोकर नम्बर ५८ नासा सेक्युरिटिजसँग सात दिने स्पष्टीकरण मागेको हो ।

यी ब्रोकर कम्पनीहरुले नियम विपरित कार्य गरेकाले छानविनका लागि स्पष्टीकरण माग गरिएको नेप्सेको भनाइ छ । आइतवार नेप्सेको सुपरिवेक्षण विभागबाट उल्लेखित तीन ओटा ब्रोकर कम्पनीहरुसँग स्पष्टीकरण माग गरिएको हो ।

यी ब्रोकर कम्पनीहरुबाट नेप्सेको प्रणालीमा ग्राहकहरुको झुठा विवरण रुजु नगरी प्रविष्ट गरेको हुँदा नेप्सेले काराबाही अघि बढाउनका लागि स्पष्टीकरण माग गरेको जानकारी दिएको छ ।

पूर्ण अनलाईन कारोबार प्रणालीमा गएको नेप्सेको कारोबार प्रणालीमा ग्राहकहरुको सत्यतथ्य विवरणहरु प्रविष्ट गरी पारदर्शी कारोबारका लागि सहयोग पुर्‍याउने नेप्सेले सुझाव दिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्