ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

थपिए ७८५ जना कोरोना संक्रमित, ८८८ जना संक्रमण मुक्त

२०७८ असोज, २५  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असोज २५, काठमाडौं । सोमवार पछिल्लो २४ घण्टामा थप ७८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा कुल १२ हजार १९५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ६६३ तथा एन्टिजेन विधिबाट १२२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

त्यस्तै सोही अवधिमा देशभर १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार सोमवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट १२ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार २४३ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ७८७ पुगेको छ । यसैगरी, सोमवार ८८८ जना निको भएसँगै हालसम्म ७ लाख ७६ हजार ८३१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्