ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा सञ्चालक परिवर्तन

२०७८ असोज, २५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २५, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) मा सञ्चालक परिवर्तन भएका छन् । कम्पनीको सञ्चालकमा केदारनाथ शर्मा नियुक्त भएका हुन् ।

नेपाल सरकार अर्थ मन्त्रालयको असोज १९ गतेको पत्र अनुसार बैंकको सञ्चालक समितिमा नेपाल सरकार अर्थ मन्त्रालयको तर्फबाट मनोनित भएका सञ्चालक शर्माले बैंकको असोज २४ गते बसेको सञ्चालक समितिको बैठकबाट आफ्नो जिम्मेवारी सम्हालेका हुन् ।

यससअघि उक्त पदमा धनीराम शर्मा रहेका थिए । अर्थ मन्त्रालयको तर्फबाट मनोनित भई बैंक सञ्चालक समितिमा रहेका सञ्चालक धनीराम शर्माको पदावधि सकिएसँगै मन्त्रालयले केदारनाथ शर्मालाई मनोनित गरेको हो ।

यो सँगै, हाल निफ्राको सञ्चालक समितिमा ५ जना रहेका छन् । जसको नेतृत्व अध्यक्ष अनुज अग्रवालले गरेका छन् । उनी विशाल ग्रपका प्रतिनिधि हुन् । त्यस्तै, सञ्चालकमा नेपाल सरकारको प्रतिनिधि केदारनाथ शर्मा, आईएमईका प्रतिनिधि चन्द्रप्रसाद ढकाल, इमर्जिङ्ग नेपालका प्रतिनिधि लालमणी जोशी र स्वतन्त्र सञ्चालकमा शंकर प्रसाद अधिकारी रहेका कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्