ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

मोरङमा बैंक लुट्ने प्रयास, तीन पक्राउ

२०७८ असोज, २६  
प्रदेश ०१
Image Not Found

विराटनगर (अस) । मोरङको धनपालथान गाउँपालिकाको कर्सियास्थित सिटिजन्स बैंकको शाखामा सोमवार हतियारधारी लुटेरा समूहले गरेको बैंक लुट्ने प्रयास असफल भएको छ । प्रहरीले दुईजना भारतीय र एक नेपालीलाई सीमाक्षेत्रको खैरवनाबाट सोमवार पक्राउ गरेको छ । नेपाली नागरिक विराटनगर घर भएको सुरक्षा स्रोतले जानकारी दिएको छ । पक्राउ परेको लुटेरा समूहमा को को छन् भन्नेबारे प्रहरीले गोप्य राखेको छ । उनीहरूलाई अहिले इलाका प्रहरी कार्यालय रंगेलीमा राखेर अनुसन्धान शुरू गरिएको छ ।

सोमवार दिउँसो बैंकको कर्सिया शाखामा रकम लुट्ने उद्देश्यले छिरेको समूहलाई सुरक्षागार्डले रोक्न खोजेका थिए । त्यस क्रममा गार्डलाई लुटेरा समूहले चलाएको गोली लागेको छ । उनलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले बताएको छ । लुटेरा समूहलाई पक्राउ गर्ने क्रममा प्रहरीले पनि गोली चलाएको छ । पक्राउ परेकामध्ये एकजनाको तिघ्रामा गोली लागेको सुरक्षा स्रोतले जानकारी दिएको छ ।

गोली चलेलगत्तै जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जर्नादन जिसी, डीएसपी मन्जिल मुकारुङ घटनास्थल पुगेका थिए । घटनाको अनुसन्धान भइरहेको एसपी जिसीले जानकारी दिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्