ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

अब नेपालमा पनि स्पट एक्सचेन्ज

२०७८ असोज, २६  
१० वर्ष अघि
NA

अब नेपाली वस्तुबजारका लगानीकर्ताहरूले आफूले अनलाइनबाट कारोबार गरेका वस्तुहरूको भौतिक परिमाणको स्वामित्व (फिजिकल डेलिभरी) समेत पाउने भएका छन् । नेपालमा स्पट एक्सचेन्ज सञ्चालनमा आउन लागेपछि यो सुविधा प्राप्त हुने भएको हो । नेपाल स्पट एक्सचेन्ज लिमिटेड (एनएसई) नामक उक्त एक्सचेन्ज आगामी साउन १ गतेदेखि सञ्चालन हुने बताइएको छ । अहिलेसम्म ३ वटा फ्युचर्स एक्सचेन्ज रहेकाले ती सबैले विभिन्न वस्तुहरूको फ्युचर कन्ट्रयाक्टमा मात्र कारोबार गराउँदै आएका थिए । मर्कन्टाइल एक्सचेन्ज नेपाल लिमिटेड (मेक्स) को अगुवाइमा नेपाल स्पट एक्सचेन्ज सञ्चालनमा आउन लागेको हो । उक्त स्पट एक्सचेन्जमा मेक्सको ४० प्रतिशत सेयर रहेको छ । यसमा मेक्सका क्लियरिङ मेम्बरहरू हिमालयन कमोडिटिज र एक्सिस ब्रोकिङ सोलुसनको क्रमशः २०–२० प्रतिशत लगानी छ । मेक्सकै ननक्लियरिङ मेम्बर साउथ एसियन कमोडिटिज ब्रोरकेजको १० प्रतिशत र बाँकी १० प्रतिशत विभिन्न व्यक्तिको लगानी रहेको छ । यस स्पट एक्सचेन्जमार्फत सुन चाँदीलगायत नेपाली कृषि उत्पादनहरूको समेत कारोबार हुने बताइएको छ । ‘यसबाट नेपाली कृषक तथा व्यापारीहरूले प्रत्यक्ष फाइदा लिनसक्ने र उनीहरूको जीवनस्तरमा समेत सुधार आउनेछ,’ मेक्सका प्रबन्ध निर्देशक दीपेन्द्र खतिवडाले भने ।

स्पट एक्सचेन्जको स्थापनापछि वस्तु बजारको विकास हुँदै जान सक्यो र त्यसको फाइदा आममानिसले पाउन थाले भने यो व्यवसायप्रतिको विश्वास झनै बढ्ने कमोडिटिज ब्रोकर्स एसोसिएन नेपालका अध्यक्ष बिजेश श्रेष्ठको धारणा छ ।

 अंक ४१, २०६७, जेठ ३१–असार ६

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्