ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

घाइते श्रमिकलाई मंगलमको उपचार खर्च सहयोग

२०७८ असोज, २६  
बजार
NA

काठमाडौं (अस) । सीपीभीसी पाइप तथा फिटिङ्स उत्पादक कम्पनी मंगलम इन्डस्ट्रिज प्रालिले सामाजिक उत्तरदायित्वअन्तर्गत धनगढीका प्लम्बर विजय चौधरीलाई ५० हजार रुपैयाँको औषधी खर्च उपलब्ध गराएको छ ।

१५ वर्षदेखि प्लम्बिङ क्षेत्रमा क्रियाशील चौधरीको भदौ ११ गते काम गरिरहेकै अवस्थामा करेन्ट लागी तेस्रो तल्लाबाट खसेर घाइते भएका थिए । मंगलम पाइप प्रयोगको काम गर्दै आएका घाइते चौधरीलाई उपचार खर्चका लागि उक्त रकम सहयोग गरिएको मंगलम इन्डस्ट्रिजका प्रबन्ध निर्देशक अभिनव चुरिवालले बताए ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्