ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

स्युचाटार साकोसले मनायो वार्षिकोत्सव

सहकारी संस्थाको नियमन निकाय हुनुपर्नेमा अर्थमन्त्री शर्माको जोड

२०७८ असोज, २६  
बजार
Image Not Found

काठमाडौं (अस) । स्युचाटार बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १५ औं वार्षिकोत्सव तथा साधारणसभा सम्पन्न गरेको छ । कोरोना महामारीलाई लक्षित गरी संस्थाले समूह–समूहमा शेयर सदस्यको उपस्थिति र हाजिरी गराई असोज १९ देखि २१ गतेसम्म साधारणसभा सम्पन्न गरेको हो ।

साधारणसभा समापन कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा तथा नागार्जुन नगरपालिका प्रमुख मोहनबहादुर बस्नेतलगायतको उपस्थिति थियो । संस्थाको नवनिर्मित भवन अर्थमन्त्री शर्मा, नागार्जुन नगरप्रमुख बस्नेत र साकोसका अध्यक्ष साधुराम गौतमले संयुक्त रूपमा उद्घाटन गरे ।

साधारणसभा अवसरमा अर्थमन्त्री शर्माले सहकारी संस्थाको नियमनकारी निकायको खाँचो औँल्याए । कतिपय सहकारीले निक्षेपकर्ताको पैसा जम्मा गरेर हिनामिना गरेको देखिएकाले बलियो नियमन आवश्यक रहेको उनको भनाइ छ ।

सहकारी विभाग छ तर विशिष्ट निकाय नभएको हुँदा सहकारीलाई नियमन गर्ने संस्थाको आवश्यकताबारे मन्त्रालय  छलफलमा जुटेको उनले जानकारी दिए ।

नागार्जुन नगरप्रमुख बस्नेतले संस्थाको आफ्नै भवन र कुशल व्यवस्थापनका कारण यसमा आबद्ध ५ हजारभन्दा बढी सदस्यको निक्षेप सदुपयोग हुने विश्वास व्यक्त गरे ।

साधारणसभामा संस्थाका अध्यक्ष साधुराम गौतमले आव ०७७/०७८ को वार्षिक प्रतिवेदन तथा आव ०७८/७९ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए । हाल शेयर पुँजी ६ करोड ८९ लाख, जगेडा कोष ७ करोड ६९ लाख, बचत संकलन ६२ करोड ६२ लाख, ऋण प्रवाह ५८ करोड ६३ लाख र स्थिर सम्पत्ति (घरजग्गा) ७ करोड ४१ लाख रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत रामेश्वर केसीले बताए ।

 

 

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्