ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

ट्राफिक प्रहरीले भन्यो : क्षमताभन्दा बढी यात्रु बोकेका सवारी साधनमा यात्रा नगर्नू

२०७८ असोज, २६  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असोज २६, काठमाडौं। ट्राफिक प्रहरीले क्षमता बढी यात्रु बोकेका सवारी साधनमा यात्रा नगर्न अनुरोध गरेको छ ।

आसन्न बडादशैंको पूर्वसन्ध्यामा प्रहरीले दशैं मनाउन सहरबाट गाउँ वा गाउँबाट सहर जानेहरूलाई क्षमताभन्दा धेरै यात्रु बोेकेका सार्वजनिक सवारीसाधनमा यात्रा नगर्न अनुरोध गरेको हो ।

क्षमताभन्दा बढी यात्रु राख्ने, उभिएर यात्रा गर्ने, जनस्वास्थ्यको मापदण्ड पालना नगर्ने स्थितिमा दुर्घटना र कोरोना संक्रमणको जोखिम हुने भन्दै प्रहरीले सर्वसाधारणमा सचेत रहन पनि ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

 महानगरिय ट्राफिक प्रहरी प्रवक्ता सञ्जिब शर्मा दासले आफ्नो सुरक्षाको लागि आफैं सचेत हुन र दुर्घटनाबाट जोगिन सबैमा अनुरोध गरेका छन् ।

उनका अनुसार यातायात व्यवसायीहरुलाई सवारीसाधनमा क्षमताभन्दा धेरै यात्रु नराख्न सचेत गराइएको छ। 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्