ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

एक्सफेङ र नियोले ६ वर्षमा बनाए १ लाख थान विद्युतीय सवारी साधन, टेस्लालाई लाग्यो १२ वर्ष 

२०७८ असोज, २६  
अन्तरराष्ट्रिय
Image Not Found

असोज २६, पेचिङ (चीन) । चिनियाँ विद्युतीय सवारी साधन निर्माता कम्पनी एक्सफेङलाई १ लाख थान कार बनाउन ६ वर्ष लागेको छ । 

यो अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्ला इंकलाई सोही परिमाणमा कार बनाउन लागेको समयभन्दा आधा हो । प्रतिस्पर्धी कम्पनी नियोले पनि अप्रिलमा १ लाख थान सवारी साधन बनाएको छ ।

कम्पनीले सन् २०१४ को नोभेम्बरको अन्त्यतिर अर्कै नामको कम्पनीबाट उत्पादन शुरु गरेको थियो । सन् २०१७ को जुलाईमा यसको नाम फेरेर नियो राखियो । 

सन् २००३ मा लञ्च भएको एलन मस्कको कम्पनी टेस्लालाई १ लाख थान कार बनाउन १२ वर्ष लागेको सार्वजनिक फाइलिङले देखाएको छ । शुरुआती वर्षहरुमा टेस्लाले उत्पादन सम्बन्धी अनेकौं समस्याहरुको सामना गरेको थियो ।

शाङहाई र बर्लिनमा नयाँ कारखाना खोलेपछि टेस्लाको उत्पादन क्षमता बढेको थियो । सन् २०२० को मार्चमा टेस्लाले १० लाखौं कार उत्पादन गरेको भन्दै मस्कले ट्विटमा भनेका थिए । तेस्रो त्रैमासमा मात्रै कम्पनीले २ लाख ३८ हजार थान सवारी साधन उत्पादन गरेको थियो । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्