ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सिटिजन्स बैंकले आह्वान गर्‍यो १५औं साधारण सभा, १५.९९% लाभांशको प्रस्ताव

२०७८ असोज, २६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २६, कामठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले १५औं वार्षिक साधारण सभा बैंकले कात्तिक १६ गते बोलाएको छ ।

कम्पनीले आफ्नै प्रधान कार्यालय दरवारमार्ग, काठमाडौंमा साँझ ४ बजे सभा शुरु हुने जानकारी दिएको छ । कम्पनीको असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले सभा विद्युुतिय माध्यम र भौतिक रुपमा एकैसाथ सञ्चालन गर्ने निर्णय गरेको हो । 

सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार १२ दशमलव ९१३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ३ दशमलव शून्य ८ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्ने, बैंकको प्रवन्धपत्र संशोधन गर्ने, जारी तथा चुक्तापूँजी वृद्धि गर्ने, उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु समेत पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ बैंकले असोज २२ गते (एक दिन) बुक क्लोज गरिसकेको छ । बुक क्लोजको आधारमा असोज २१ गतेसम्म कायम शेयरधनीहरु मात्र साधारण सभामा सहभागि हुन तथा लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्