ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

यी हुन् आईपीओ जारी गर्न पाइपलाइनमा रहेका कम्पनीहरु(अर्काइभबाट)

२०७८ असोज, २६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २६, काठमाडौं । विभिन्न क्षेत्रसँग सम्वन्धित् कम्पनीहरूले प्राथमिक शेयर निष्कासन(आईपीओ) को प्रक्रिया बढाएसँगै शेयर बजारको आकार अझै बढ्ने संकेत देखिएको छ ।

सर्वसाधारणका लागि शेयर निष्कासन गरी दोस्रो बजारमा सूचीकृत हुने तयारीमा रहेका कम्पनीको अहिलेको अवस्था हेर्दा शेयर बजारको आकार बढ्ने देखिएको हो । हालसम्म २३ ओटा कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासनको तयारी गर्दै  नेपाल धितोपत्र बोर्ड ९सेबोन० मा निवेदन दिएका छन् । दोस्रो बजार प्रवेश गर्ने तयारी सबैभन्दा बढी जलविद्युत् कम्पनीहरुको छ ।

आईपीओ निष्कासनको तयारीमा रहेका २३ ओटा कम्पनीमध्ये १३ ओटा जलविद्युत् कम्पनी रहेका छन् । धेरैजसो जलविद्युत् कम्पनीले पहिलो चरणमा स्थानीयका लागि शेयर जारी गर्ने तयारी गरेका हुन् । जलविद्युत् कम्पनीहरूको बजार प्रवेशको तयारी हेर्दा आगामी दिनमा शेयर बजारमा जलविद्युत् कम्पनीको वर्चस्व बढ्ने देखिन्छ । हाल शेयर बजारमा बैङ्क तथा वित्तीय संस्थाको वर्चस्व छ ।

पछिल्लो समय न्यादी हाइड्रो  पावर र बुद्धभुमि हाइड्रोपावरले आईपीओ निष्कासन गरेका छन् । त्यसो त मध्य भोटेकोशी हाइड्रोपावरले  असोज २० गतेदेखि आईपीओ जारी गरिसकेको छ ।

नेपाल धितोपत्र बोर्डको वेबसाइटलाई आधार मान्दा आईपीओ निष्कासनको तयारीमा रहेका सवैभन्दा बढि  जलविद्युत् कम्पनीहरू रहेका छन्। यसपछि जीवन बीमा कम्पनी, लघुवित्तलगायतका कम्पनीहरु रहेका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्