ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

लाभांश प्रस्ताव पारित गर्न सांग्रिला डेभलपमेन्टले कात्तिक १६ गते बोलायो १७औं साधारण सभा

२०७८ असोज, २६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २६, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले कात्तिक १६ गते वार्षिक १७औं साधारण सभा बोलाएको छ । बैंकको साधारण सभा लैनचौर ब्यांक्वेट लैनचौर, काठमाडौंमा बिहान १० बजेदेखि शुरु हुने जानकारी दिएको छ ।

बैंकले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम १० दशमलव ५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा लैजानेछ । बैंकले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।

साथै, अन्य बैंंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सभामा पेश हुनेछ । त्यस्तै, सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, बैंकको प्रवन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, बैंकको जारी तथा चुक्तापूँजी वृद्धि गर्ने लगायतका प्रस्ताव पनि उक्त सभाले पारित गर्नेछ ।

सभा प्रयोजनको लागि बैंकले कात्तिक ५ गतेदेखि १६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा कात्तिक १५ गतेसम्म कायम शेयरधनीहरु मात्र साधारण सभामा सहभागि हुन तथा लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

कम्पनीको असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभा गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्