ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

कुमारी बैंकको २१औं साधारण सभा कात्तिक १६ गते, ८.६७% लाभांशको प्रस्ताव

२०७८ असोज, २६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २६, काठमाडौं । कुमारी बैंक लिमिटेडको २१औं वार्षिक साधारण सभा कात्तिक १६ गते हुने भएको छ । सभा कम्पनीको कार्यालय नक्साल, काठमाडौंमा बिहान ११:३० बजे शुरु हुने कम्पनीले जानकारी गराएको हो ।

कम्पनीको असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । कोरोना महामारीको जोखिमका कारण सभामा भर्चुअल माध्यममार्फत सहभागी हुन सक्ने गरी शेयरधनीहरुलाई जुम आईडी/पासवर्ड उपलब्ध गराउने व्यवस्था कम्पनीले गरेको छ ।

सभाले सञ्चालक समितिबाट सिफारिस भए बमोजिम आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापूँजीको ६ बोनस शेयर र कर प्रयोजनका लागि २ दशमलव ६७ प्रतिशत नगद लाभांश गरी कुल ८ दशमलव ६७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, सभाको अन्य प्रस्तावमा बैंकको प्रवन्धपत्रको दफा ५ (ख) र ५ (ग) संशोधन गर्ने, यस बैंक अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने रहेको छ ।

साधारण सभा प्रयोजनार्थ बैंकले कात्तिक ८ गते (एक दिन) बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा कात्तिक ७ गतेसम्म कायम शेयरधनीहरु मात्र साधारण सभामा सहभागि हुन तथा लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्