ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

मुगुमा बस दूर्घटना : २२ को मृत्यु, १८ जना घाइते

२०७८ असोज, २६  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असोज २६, मुगु । मुगुमा बस  दूर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । मंगलवार दिउँसो करीब साढे १ बजे छायानाथ रारा नगरपालिका–७ पिनाटपने खोला भन्ने ठाउँमा बस दूर्घटना भएको हो ।

सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीका लागि गएको भे १ ख ३१६७ नम्बरको बस दूर्घटनामा परेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।  

बस सडकबाट २०० मिटर तल खसेको प्रहरी कार्यालयले जानकारी दिएको छ । 

घाइतेहरूलाई दूर्घटनास्थलबाट निकाल्दै अस्पताल लिने काम भइरहेको जानकारी दिइएको छ । उक्त गाडीमा ३९ जना सवार रहेको बताइएको छ । दूर्घटनाबारे पूर्ण विवरण आइसकेको छैन ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्