ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

थपिए ७९२ जना कोरोना संक्रमित, ९१० जना संक्रमण मुक्त

२०७८ असोज, २६  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असोज २६, काठमाडौं । मंगलवार पछिल्लो २४ घण्टामा थप ७९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ६० पीसीआर परीक्षण गर्दा ६९१ जना र २ हजार ५५९ एन्टिजेन परीक्षण गर्दा १०१ गरी कुल ७९२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

त्यस्तै सोही अवधिमा देशभर १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार मंगलवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट १४ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार २५७ पुगेको छ ।

यसैगरी, मंगलवार ९१० जना निको भएसँगै हालसम्म ७ लाख ७७ हजार ७४१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्