ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

चाडपर्वका बीचमा एक्सेल डेभलपमेण्ट बैंकको हकप्रद शेयर विक्रीमा 

२०७८ असोज, २७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २७, काठमाडौं । बडादशैंको कारण सार्वजनिक विदा कायम रहे पनि एक्सेल डेभलपमेण्ट बैंक लिमिटेडको हकप्रद शेयर भने सार्वजनिक निष्कासनमै रहेको छ । 

कम्पनीले असोज २५ गतेदेखि ३० प्रतिशत हकप्रद शेयर विक्री खुला गरेको हो । हाल सार्वजनिक निष्कासनमा आस्बा प्रणालीमार्फत आवेदनलाई अनिवार्य गरिएकाले मेरो शेयरमार्फत पनि यो हकप्रद शेयरमा सजिलै आवेदन गर्न सकिने व्यवस्था भएकाले चाडपर्वका बीच पनि बैंकले हकप्रद खुला गरेको हो । 

कम्पनीले हाल कायम चुक्तापूँजी रू. ८१ करोड ११ लाख २१ हजारको आधारमा १० बराबर ३ को अनुपातमा २४ लाख ३३ हजार ३६३ दशमलव ६७ कित्ता शेयर विक्री खुला गरेको हो । 

यो हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले असोज १ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा भदौ ३१ गतेसम्म कायम शेयरधनीहरु मात्र हकप्रद शेयर खरिदका लागि आवेदन दिन योग्य भएका छन् । 

यो हकप्रद विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।

साथै मेरो शेयर सफ्टवेयरबाट पनि आवेदन दिन सकिनेछ । कम्पनीले यो हकप्रद शेयर खरीदका लागि कात्तिक १४ गतेसम्मको मिति तोकेको छ । यो हकप्रद शेयरलाई इक्रा नेपालले वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम जोखिमको संकेत गर्ने इक्राएनपी आईआर त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्