ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

कामना सेवा विकासको १५औं साधारण सभा कात्तिक २३ गते, १९.४७% लाभांशको प्रस्ताव

२०७८ असोज, २७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २७, काठमाडौं । कामना सेवा विकास बैंकको १५ औं वार्षिक साधारण सभा कात्तिक २३ गते हुने भएको छ । सभा पार्क भिलेज रिसोर्ट बूढानीलकण्ठ काठमाडौंमा बिहान १० बजेदेखि शुरु हुने कम्पनीले बताएको छ ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १८ दशमलव ५० प्रतिशत बोनस  शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ९७ प्रतिशत नगद लाभांश गरी कुल १९ दशमलव ४७ प्रतिशत लाभांश वितरण गर्ने विशेष सभामा प्रस्ताव पेश गर्दैछ ।

बोनस वितरणपछि चुक्तापूँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । यसैगरी, अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने/गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि रहेको छ ।

साथै, संस्थापक समूहबाट तीन जना र सर्वसाधारण समूहबाट तीन जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने, आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गर्ने, आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु पनि उक्त सभाले पारित गर्नेछ ।

सभा प्रयोजनको लागि बैंकले कात्तिक १० गते (एक दिन) बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा कात्तिक ९ गतेसम्म कायम शेयरधनीहरु मात्र साधारण सभामा सहभागि हुन तथा लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

कम्पनीको असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभा गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्