ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

थपिए ३६५ जना कोरोना संक्रमित, ६०९ जना संक्रमण मुक्त

२०७८ असोज, २७  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असोज २७, काठमाडौं । बुधवार पछिल्लो २४ घण्टामा थप ३६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा कुल ५ हजार ५९४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३२६ तथा एन्टिजेन विधिबाट ३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

त्यस्तै सोही अवधिमा देशभर ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार बुधवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट ४ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार २६१ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार २६७ पुगेको छ । जसमध्ये १३ हजार १७२ जना होमआइसोलेशन, १ हजार ९५ जना संस्थागत आइसोलेशन, ३१५ जना आईसीयू र १०७ जना भेन्टिलेटरमा रहेका छन् ।

यसैगरी, बुधवार ६०९ जना निको भएसँगै हालसम्म ७ लाख ७८ हजार ३५० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्