ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सवारी दूर्घटनामा घाइते भएकालाई निः शुल्क उपचार : गृह मन्त्रालय  

२०७८ असोज, २७  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असोज २७, काठमाडौं । सरकारले आसन्न बडादसैंका समयमा विभिन्न स्थानमा भएको सवारी दूर्घटनामा परी घाइते भएकाहरुको निः शुल्क उपचार गर्ने बताएको छ ।

 गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा कास्की, मुगु लगायतकालगायतका स्थानमा भएको सवारी दूर्घटना पछि घाइते भएकाहरुको निः शुल्क उपचार गराउने उल्लेख छ ।

‘सार्वजनिक सवारी दूर्घटनामा घाइते हुनेहरुको निः शुल्क उपचारको व्‍यवस्था नेपाल सरकारले मिलाउने जानकारी गराइन्छ’ विज्ञप्तिमा भनिएको छ ।

यसैगरी सवारी दूर्घटनामा ज्‍यान गुमाउनेहरुको अन्त्‍येष्टि तथा किरियाखर्च साथै मृतकका परिवारलाई उचित राहतको व्‍यवस्था गरिने समेत मन्त्रालयले बताएको छ ।

मुगु जिल्लामा मंगलवार बस दूर्घटना हुँदा ३२ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्