ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

२५ वर्षमा पहिलो पटक फोर्ब्स ४०० बाट बाहिरिए डोनल्ड ट्रम्प 

२०७८ असोज, २७  
अन्तरराष्ट्रिय
Image Not Found

असोज २७, वाशिङटन डीसी (अमेरिका) । अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प व्यवसायिक पत्रिका फोर्ब्सको अर्बपतिहरुको सूचीको शीर्ष ४०० बाट बाहिरिएका छन् । 

ट्रम्प सूचीबाट बाहिरिएको यो २५ वर्षमा पहिलो पटक हो । फोर्ब्सका अनुसार ट्रम्पको नेटवर्थ २ अर्ब ५० करोड डलर रहेको छ । यो अमेरिकाको सबैभन्दा धनी ४०० को सूचीमा रहन उनलाई चाहिएको भन्दा ४० करोड डलर कम हो । 

ट्रम्पको नेटवर्थ यस वर्ष पनि गत वर्षको जत्तिकै छ । गत वर्षको सूचीमा उनी ३३९ औं स्थानमा थियो । महामारी शुरु भएको बेलाको तुलनामा भने उनको नेटवर्थ ६० करोड डलर कम छ ।

कोरोना भाइरसको महामारी बीच प्राविधिक कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भएको छ । क्रिप्टोकरेन्सी लगायत अन्य सम्पत्तिको भाउ पनि बढेका छन् । तर ठूला शरहमा सम्पत्तिको भाउ सुस्त छ ।

यसैका कारण पनि घरजग्गा व्यवसायमा रहेको ट्रम्प सर्वाधिक धनी ४०० अमेरिकीको सूची बाहिर आएका हुन् । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्