ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

अमेरिकामा ४३ लाख कामदारले छाडे अगष्टमा जागिर 

२०७८ असोज, २७  
अन्तरराष्ट्रिय
Image Not Found

असोज २७, वाशिङटन डीसी (अमेरिका) । अमेरिकामा अगटमा कीर्तिमानी संख्यामा कामदारहरुले जागिर छाडेका छन् । 

बार र रेष्टुराँका कर्मचारीका साथै खुद्रा क्षेत्रका कर्मचारीहरुले जागिर छाड्ने क्रमका कारण समीक्षा अवधिमा ४३ लाद कामदारले जागिर छोडेको श्रम मन्त्रालयले बताएको छ । जागिरबाट बाहिरनेको यो संख्या सन् २००० को डिसेम्बरयताकै उच्च हो । 

जागिर छाड्नेको संख्या अघिल्लो महीना २ दशमलव ९ प्रतिशतले बढेर २ लाख ४२ हजारमा पुगेको थियो । आफूले जागिर पाउँछु भन्नेमा कर्मचारीहरुमा मनोबल बढेपछि जागिर छाड्नेको संख्या कीर्तिमानी स्तरमा देखिएको हो । कर्मचारीहरुले स्वास्थ्यसम्बन्धी चिन्ता र शिशु हेरचाहसँग सम्बन्धित समस्याका कारण पनि जागिर छाडेका हुन् । 

खाद्य सेवा तथा बसोबास उद्योगमा ८ लाख ९२ हजारले जागिर छाडेका छन् । खुद्रा क्षेत्र र स्वास्थ्य हेरचाह एवम् सामाजिक टेवामा पनि क्रमशः ७ लाख २१ हजार र ५ लाख ३४ हजारले जागिर छाडेको बताइएको छ । एजेन्सी 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्