ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

बिट्क्वाइन माइनरका लागि अमेरिका शीर्ष गन्तव्य

२०७८ असोज, २८  
अन्तरराष्ट्रिय
Image Not Found

असोज २८, वाशिङटन डीसी (अमेरिका) । अमेरिका अहिले बिट्क्वाइन माइनरका लागि शीर्ष गन्तव्य बनेको छ । पहिलो पटक चीनलाई उछिनेर अमेरिका यो स्थानमा आएको हो ।

जुलाईमा बिट्क्वाइनको ३५ दशमलव ४ प्रतिशत ह्याशरेट अमेरिका रहेको क्याम्ब्रिज सेन्टर फर अल्टरनेटिभ फाइनान्सले बताएको छ । यो सन् २०२० को सेप्टेम्बरको तुलनामा ४२८ प्रतिशत धेरै हो । १२ महीनाअघि ह्याशरेटका आधारमा चीन शीर्ष बजार रहेको थियो ।

तर चीनले क्रिप्टोकरेन्सीमा गरेको नियामक कडाईका कारण रातारात बिट्क्वाइन माइनरहरु चीनबाट बाहिरिए । यसलाई विश्लेषकहरुले अहिलेसम्मकै ठूलो माइनिङ बसाईसराईको संज्ञा दिइएको छ ।

चीनबाट बाहिरिएका मध्ये अधिकांश माइनरहरु अमेरिका पलायन भएका छन् । एजेन्सी

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्