ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

थपिए ४५५ जना कोरोना संक्रमित, ८०४ जना संक्रमण मुक्त

२०७८ असोज, २८  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असोज २८, काठमाडौं । बिहीवार पछिल्लो २४ घण्टामा थप ४५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा कुल  ६ हजार २१४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३९८ र एन्टिजेन विधिबाट ५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

त्यस्तै सोही अवधिमा देशभर ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार बिहीवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट ८ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार २६९ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ८५३ पुगेको छ । जसमध्ये १२ हजार ७९१ जना होमआईसोलेशनमा, १ हजार ६२ जना संस्थागत आईसोलेशनमा, ३१०  जना आईसीयू र १०५ जना भेन्टिलेटरमा रहेका छन् ।

यसैगरी, बिहीवार ८०४ जना निको भएसँगै हालसम्म ७ लाख ७९ हजार १५४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्