ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

अमेरिकामा बेरोजगारी भत्ता दाबी ३ हजार तल झर्यो 

२०७८ असोज, २९  
अन्तरराष्ट्रिय
Image Not Found

असार २९, वाशिङटन डीसी (अमेरिका) । अमेरिकामा बेरोजगारी भत्ता दाबी गर्नेको संख्या कोरोना भाइरसको महामारी शुरु भएयता पहिलो पटक ३ लाखभन्दा तल आएको छ । 

अक्टोबरमा  २ लाख ९३ हजारले भत्ता दाबी गरेको श्रम मन्त्रालयले बताएको छ । दाबी गर्नेको संख्या कोरोना भाइरसको महमारी देखिएको शुरुआती दिनयता पहिलो पटक ३ लाखभन्दा तल आएको हो । यो अनुमान गरिएको भन्दा कम हो ।सो अवधिमा ३ लाख १८ हजारले भत्तादाबी गर्ने अनुमान गरिएको थियो । 

यसले श्रम बजार विस्तारै महामारी पूर्वको स्तरमा आइरहेको अर्को संकेत गरेको छ । सन् २०२० को मार्च १४ मा सकिएको हप्तामा २ लाख ५६ हजारले भत्तादाबी गरेका थिए । 

गत हप्ता भत्ता दाबी गर्नेको संख्या अघिल्लो हप्ताको तुलनामा ३६ हजार कम हो । चार हप्ताको मूभिङ एभरेज ३ लाख३४ हजार २५० मा आएको छ ।यो पनि सन् २०२० को मार्च १४ यताकै न्यून हो । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्