ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

थपिए २७२ जना कोरोना संक्रमित, ७७७ जना संक्रमण मुक्त

२०७८ असोज, २९  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असोज २९, काठमाडौं । शुक्रवार पछिल्लो २४ घण्टामा थप २७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा कुल ४ हजार ७१२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २४० र एन्टिजेन विधिबाट ३२ जनामा गरी कुल २७२ कोरोना भाइरसको संक्रमण देखिएको हो ।

त्यस्तै सोही अवधिमा देशभर ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार शुक्रवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट ८ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार २७७ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ३०८ पुगेको छ । जसमध्ये १२ हजार २५० जना होम आइसोलेशनमा, १ हजार ५८ जना संस्थागत आइसोलेसनमा, ३०७ जना आईसीयू र १०१ जना भेन्टिलेटरमा रहेका छन् ।

यसैगरी, शुक्रवार ७७७ जना निको भएसँगै हालसम्म ७ लाख ७९ हजार ९३१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्