ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

शिवम् सिमेन्ट्सको यस वर्षको लाभांश हालसम्मकै उच्च 

२०७८ असोज, ३०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज ३०, काठमाडौं । शिवम् सिमेन्ट्सको यस वर्षको लाभांश हालसम्मकै उच्च रहेको छ । 

२०७५ साल फागुन २२ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको कम्पनीले सोही वर्षदेखि शेयरधनीहरुलाई लाभांश वितरण गरेको थियो । २०७४/ ७५ देखिको लाभांश इतिहासमा यस वर्ष कम्पनीले सर्वाधिक लाभांश प्रस्ताव गरेको छ ।

आईपीओ खरीद गरेको पहिलो वर्ष १५ दशमलव ७८ प्रतिशत करसमेत नगद लाभांश प्राप्त गरेको कम्पनीका शेयरधनीहरुले यस वर्ष करसमेत २९ प्रतिशत नगद लाभांश पाउने भएका हुन । 

विगत चार वर्षदेखि कम्पनीले निरन्तर नगद लाभांश मात्र वितरण गर्दै आएको छ । गत वर्ष करसमेत २४ दशमलव २१ प्रतिशत र अघिल्लो वर्ष करसमेत १५ दशमलव ७८ प्रतिशत नगद लाभांश कम्पनीले वितरण गरेको थियो । 

हाल कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब ४० करोड छ । सोही पूँजीको आधारमा कमपनीले चार वर्षदेखि निरन्तर नगद लाभांश मात्र वितरण गर्दै आएको हो । यस वर्षको प्रस्तावित लाभांश कम्पनीले कात्तिक १६ गते पारित गर्दैछ ।

उक्त दिन कम्पनीले छैठौ वार्षिक साधारण सभा बोलाएको हो । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म यस कम्पनीले रू. १ अर्ब ३९ करोडभन्दा बढी खुद नाफा गरेको छ ।

कम्पनीको जगेडा कोष रकम रू. ४ अर्ब ४२ करोडभन्दा बढी रहेको छ भने शेयर प्रिमियममा रू. ९५ करोड ६२ लाखभन्दा बढी रकम रहेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ३१ दशमलव ६८ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. २२२ दशमलव ४१ छ ।

कम्पनीको चार वर्षको लाभांश अवस्था :
                                                                  स्रोतः कम्पनीद्वारा जारी सूचना

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्