ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

बुद्ध एयरले घटायो डलर हवाई भाडादर

काठमाडौं–जनकपुर सबैभन्दा सस्तो, धनगढीको महँगो

२०७८ असोज, ३१  
बजार
Image Not Found

काठमाडौं (अस) । निजी क्षेत्रको वायुसेवाप्रदायक कम्पनी बुद्ध एयरले सन् २०२० जनवरीदेखि लागू हुने गरी डलर हवाई भाडादर घटाएको छ । विदेशी पर्यटक तथा यात्रुका लागि कम्पनीले झन्डै आधा प्रतिशतले भाडा घटाएको जानकारी दिएको छ ।

नेपालमा पर्यटकका लागि भिसा खुला गरिएसँगै पर्यटक आगमन सहज हुने र विदेशी पर्यटकलाई सस्तोमा सेवा दिने उद्देश्यले कम्पनीले डलरको भाडादर समायोजन गरेको हो । कम्पनीले पर्यटकीय गन्तव्य पोखरा, जनकपुर, भैरहवालगायत गन्तव्यको भाडादर घटाएको छ ।

कम्पनीका अनुसार पोखराका लागि १०६ डलर तोकिएकोमा जनवरी २०२२ देखि लागू हुने गरि ६५ डलरमा झारिएको छ । यस्तै, अन्य गन्तव्यमा पनि भाडादर समायोजन गरिएको छ । महामारीपछि सुस्ताएको पर्यटनलाई सस्तिएको हवाई भाडाले थप आकर्षित गर्ने कम्पनीका सेल्स एन्ड मार्केटिङ निर्देशक रुपेश जोशीले दाबी गरे ।

पछिल्लो समय अनलाइनमार्फत डलर फेयर पनि बुकिङ भइरहेको जोशी बताउँछन् । कम्पनीका अनुसार काठमाडौं–पोखरा ६५ डलर, काठमाडौं–विराटनगर ७६, काठमाडौं–जनकपुर ४२, काठमाडौं–सिमरा ३०, काठमाडौं–भैरहवा ६५, काठमाडौं–धनगढी १३८, काठमाडौं–नेपालगञ्ज १०२ र काठमाडौं–भद्रपुरका लागि ९४ डलर भाडादर तोकिएको छ । यो भाडादर भने एकतर्फी हो ।

पर्यटकीय सिजन सुरु भएसँगै सरकारले अनअराइभल भिसा खुला गरेको र पर्यटक आगामी २०२२ मा बढ्ने सम्भावनाको प्रक्षेपण भएका बेला निजी क्षेत्रको उक्त कम्पनीले डलर भाडादर समायोजन गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्