ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

नोभेम्बर ८ मा पूरा खोप लगाएका यात्रीहरुमाथिको प्रतिबन्ध हटाउँदै अमेरिका 

२०७८ असोज, ३१  
अन्तरराष्ट्रिय
Image Not Found

असोज ३१, वाशिङटन डीसी (अमेरिका) । अमेरिकाले नोभेम्बर ८ देखि कोरोना भाइरस विरुद्धको पूरा खोप लगाएका ३३ ओटा देशका यात्रीहरुका लागि सीमा खुला गर्ने भएको छ ।

ह्वाइट हाउसले घोषणा गरेको पछिल्लो नियमअनुसार यात्रा गर्नुभन्दा अगाडि ७२ घण्टाभित्र कोरोना भाइरसको परीक्षण गरेर नकारात्मक नतिजा आएको प्रमाण देखाउने यात्रीहरुलाई प्रवेशको अनुमति दिइनेछ ।

योसँगै गत वर्षको शुरुदेखि यात्रामा लगाइएको कठोर प्रतिबन्ध अन्त्य हुनेछ । यो नीति सार्वजनिक स्वास्थ्य, कठोर अनि सुसंगत नीतिद्वारा निर्देशित भएको ह्वाईट हाउसले भनेको छ ।

नयाँ नियम २६ ओटा यूरोपेली देशहरुका साथै ब्राजिल, बेलायत, चीन, भारत, इरान आयरल्यान्ड र दक्षिण अफ्रिकालाई लागू हुनेछ । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्