ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

नेपाल सेवा र विन लघुवित्तको एकीकृत कारोबार कात्तिक १५ गतेदेखि शुरु

२०७८ कार्तिक, १  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक १, काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेड र विन लघुवित्त वित्तीय संस्था लिमिटेडले कात्तिक १५ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने भएका छन् ।

दुवै कम्पनीले एक आपसमा गाभिएपश्चात विन नेपाल लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार शुरु गर्न लागेका हुन् । नेपाल सेवाको ७५ कित्ता शेयर बराबर विन लघुवित्तको १०० कित्ताको अनुपातमा दुई लघुवित्त मर्जरमा गएका हुन् । दुवै कम्पनीलाई मर्जरका लागि नेपाल राष्ट्र बैंकले भदौ १५ गते स्वीकृति दिएको थियो ।

डाटा माइग्रेशन प्रयोजनको लागि दुवैले कम्पनीको बैंकिङ कारोबार कात्तिक १४ गते बन्द गर्ने भएका छन् । मर्जरपश्चात कम्पनीको केन्द्रीय कार्यालय मेलम्ची १३, सिन्धुपाल्चोकमा रहने जानकारी दिइएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्