ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

दूधपोखरी पालिकामा निःशुल्क स्वास्थ्य शिविर

२०७८ कार्तिक, १  
गण्डकी प्रदेश
NA

लमजुङ । दसैं अवसरमा दूधपोखरी गाउँपालिका–२ मा सञ्चालन गरिएको तीन दिने निःशुल्क स्वास्थ्य शिविरमा झन्डै ५०० जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।

नेपाल चिकित्सक संघका सह–कोषाध्यक्ष डा. विश्वराज दवाडी र डा. खिलास दवाडीले बिरामीको परीक्षण गरेका थिए ।     

ग्रामीण भेगमा स्वास्थ्य सेवाको पहुँच अझै विस्तार हुन नसक्दा विभिन्न रोगको समस्या जटिल रहेकाले व्यक्तिगत तवरबाट यस खाले शिविर सञ्चालन गर्दै आएको डा. दवाडीले बताए । गाउँमै अस्पताल नहुँदा विभिन्न स्वास्थ्य समस्याबाट ग्रस्त स्थानीयले स्वास्थ्य परीक्षण तथा औषधी निःशुल्क रूपमा प्राप्त गर्दा धेरैले राहत अनुभव गरेको उनको भनाइ छ ।

निजी स्रोतबाट बिरामीलाई झन्डै १५ लाख मूल्य बराबरको औषधी निःशुल्क वितरण गरिएको समाजसेवी कालिकाप्रसाद दवाडीले जानकारी दिए । वडाध्यक्ष गोविन्द दवाडीले आगामी दिनमा यस्ता शिविर सञ्चालनका लागि गाउँपालिकाले पनि सहजीकरण गर्ने बताए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्