ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि अनुमति

२०७८ कार्तिक, १  
सुदूरपश्चिम प्रदेश
NA

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले महाकाली बहुप्राविधिक शिक्षालय सञ्चालनको अनुमति पाएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले साझेदारीमा कार्यक्रम सञ्चालन र स्थानीय तहको पूर्ण लगानीमा सञ्चालन हुनेगरी हालै अनुमति दिएको हो ।

नगरपालिका र महाकाली प्रादेशिक अस्पतालले गतवर्ष प्राविधिक शिक्षालय सञ्चालन अनुमतिका लागि सीटीईभीटीमा निवेदन दिएका थिए । त्यसअनुसार यस वर्ष दुई कार्यक्रम सञ्चालन हुनेगरी अनुमति दिइएको हो । प्राविधिक शिक्षालयमा डिप्लोमा इन फार्मेसी र प्रमाणपत्र तह हेल्थ ल्याब टेक्निसियन पढाउन अनुमति पाएको छ । सीटीईभीटीकोे अनुमतिपत्र पाएपछि नगर प्रमुख सुरेन्द्र विष्ट र अस्पतालका अध्यक्ष कृष्णदत्त जोशीले प्राविधिक शिक्षालय सञ्चालनको बाटो खुलेकामा खुशी व्यक्त गरे । नगरपालिकाले प्राविधिक शिक्षालय सञ्चालनका लागि आठौं नगरसभाबाट शिक्षालय स्थापना तथा सञ्चालन विधेयक २०७७ पारित गरिसकेको छ । रासस

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्