ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

रोल्पा नगरपालिकाले खरीद गरेको दूध बोक्ने ट्याङ्कर प्रयोग विहिन

२०७८ कार्तिक, १  
प्रदेश ०५
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक १, रोल्पा । रोल्पा नगरपालिकाले गत तीन वर्ष अघि खरीद गरेको दूध बोक्ने ट्याङ्कर प्रयोग विहिन बनेको छ ।

किसानहरुले उत्पादन गरेको दूधलाई बजारीकरण गर्ने उद्देश्यले प्रदेश सरकार र नगरपालिकाको साझेदारीमा खरीद गरिएको उक्त ट्याङ्कर लामो समयसम्म प्रयोगमा आउन नसक्दा विग्रिन थालेको छ । 

नगरपालिकाले ट्याङ्कर प्रयोगमा ल्याउन नसकेको भन्दै दुग्ध विकास संस्थान बुटवल र नेपालगञ्जले भाडामा दिन आग्रहसमेत गरेका थिए । तर नगरपालिकाले आफैं प्रयोग गर्ने भन्दै दिन नमाने पछि लाखौं मूल्यको ट्याङ्कर प्रयोग विहिन भएको हो ।

उता नगर प्रमुख पूर्ण केसीले भने ट्याङ्कर प्रयोगमा ल्याउने तयारी भइरहेको बताएका छन् । किसानलार्ई गाईभैंसी खरीद गर्न अनुदान दिएर भएपनि दूध उत्पादनमा वृद्धि गर्ने नगरपालिकाको योजना रहेको उनले बताए । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्