ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

शेयर बजारमा निरन्तर गिरावट, ७१.२० अंकले घट्यो नेप्से परिसूचक 

२०७८ कार्तिक, १  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक १, काठमाडौं । साताको दोस्रो  कारोबार दिन सोमवार शुरुदेखि नै शेयर बजार ओरालो लागिरहेको छ ।

यो दिन अपरान्ह २ : ४०  बजेसम्ममा शेयर कारोबार मापक नेप्से परिसूचक  ७१ दशमलव २० अंकले घटेर नेप्से परिसूचक २ हजार ५८५ दशमलव ७६ अंकमा  आइपुगेको छ । अघिल्लो दिन आइतवार करीब साढे १७ अंकले बढेर नेप्से परिसूचक २ हजार ६५७ अंकमा पुगेर बन्द भएको थियो ।


 पछिल्लो समयमा गिरावटको दरमा तीव्रता आएको देखिन्छ । उक्त अवधिसम्ममा २ अर्ब ४० करोड ५० लाख रुपैयाँ बराबरको शेयर खरीदविक्री भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्