ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

लक्ष्मी इक्विटी फण्डसहित ५ ओटा धितोपत्रमा उच्च खरीद माग

२०७८ कार्तिक, १  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक १, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको साढे दुई घण्टाको अवधिमा लक्ष्मी इक्विटी फण्ड सहित ५ ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ ।

कारोबारमा आएका २१७ ओटा धितोपत्रमध्ये पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ । लक्ष्मी इक्विटी फण्ड, ग्लोबल आइएमई समुन्नत स्किम १, मेगा बैंक, लक्ष्मी उन्नति कोष, र सानिमा इक्विटी फण्डको धितोपत्रमा उच्च खरीद माग रहेको हो ।

ती पाँच ओटा धितोपत्रमध्ये सबैभन्दा बढी लक्ष्मी इक्विटी फण्डको ५ लाख ९१ हजार २१० इकाई खरीद माग रहेको छ ।

त्यसैगरी, ग्लोबल आइएमई समुन्नत स्किम १ को ३ लाख ९८ हजार १४५ इकाई, मेगा बैंकको २ लाख ६१ हजार ९७५ कित्ता, लक्ष्मी उन्नति कोषको १ लाख ९९ हजार ८७२ इकाई र सानिमा इक्विटी फण्डको १ लाख ६९ हजार २०० इकाई खरीद माग रहेको हो ।  

यस अवधिमा नेप्से परिसूचक ७० दशमलव ५१ अंक अर्थात् २ दशमलव ६५ प्रतिशतले घटेर २ हजार ५८६ दशमलव ४५ विन्दुमा पुगेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्