ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

२.६२% ले घटेर २५८७.४५ विन्दुमा परिसूचक, करीब ३ अर्बको शेयर कारोबार 

२०७८ कार्तिक, १  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक १, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार नेप्से परिसूचक अघिल्लो कारोबार दिन अर्थात् आइतवारको तुलनामा २ दशमलव ६२ प्रतिशतले घटेको छ । 

२ हजार ६५६ दशमलव शून्य ४ विन्दुबाट शुरु भएको बजार ६९ दशमलव ५१ अंकले घटेर २ हजार ५८७ दशमलव ४५ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन सेन्सेटिभ इण्डेक्स १२ दशमलव ४३ अंकले घटेको छ । 

यस अवधिमा कारोबारमा आएका २१८ ओटा धितोपत्रको ८७ लाख ७६ हजार ३३७ कित्ता शेयरको ४० हजार ४०१ पटकमा रू. २ अर्ब ९६ करोड ६८ लाख ९९ हजार ७९१ बराबरको शेयर खरीदविक्री भएको छ ।

यस दिन कुल कारोबारमा आएका धितोपत्रमध्ये एनआईसी एशिया बैंकको ऋणपत्रको मूल्य सर्वाधिक २ प्रतिशतले बढेको छ । 

त्यसैगरी घलेम्दी हाइड्रोको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ । कम्पनीको अन्तिम शेयरमूल्य ३१० दशमलव ५० कायम भएको छ । 

यो दिन सर्वाधिक शेयर खरीदविक्री नबिल बैंकको रू. ९ करोड ८९ लाख ९८ हजार बराबरको भएको छ । कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा सानिमा बैंक रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. ४९९ मा रू. ९ करोड ८१ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

यस दिन कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये व्यापार समूहको परिसूचक शून्य दशमलव ६३ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो । जसमध्ये  वित्त समूहको परिसूचक सर्वाधिक ४ दशमलव २६ प्रतिशतले घटेको छ । 

त्यसैगरी, बैंकिङ समूहको परिसूचक २ दशमलव शून्य ५ प्रतिशत, होटल्स तथा पर्यटन समूहको २ दशमलव ८३ प्रतिशत, विकास बैंक समूहको परिसूचक ३ दशमलव ४४ प्रतिशत, हाइड्रोपावर समूहको ३ दशमलव ७४ प्रतिशत, निर्जीवन बीमा समूहको ३ दशमलव ५६ प्रतिशतले घटेको छ । 

यसैगरी, उत्पादन तथा प्रशोधन समूहको २ दशमलव ८ प्रतिशत, अन्य समूहको १ दशमलव ९८ प्रतिशत, लघुवित्त समूहको ३ दशमलव ४९ प्रतिशत, जीवन बीमा समूहको २ दशमलव ३८ प्रतिशत, म्युचुअल फण्ड  समूहको १ दशमलव ३३ प्रतिशत र लगानी समूहको परिसूचक २ दशमलव ५२ प्रतिशतका दरले घटेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्