ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

भारतमा कोरोना भाइरसको सक्रिय संक्रमित ०.५६ % मात्र    

२०७८ कार्तिक, १  
अन्तरराष्ट्रिय
Image Not Found

कात्तिक १, नयाँदिल्ली(भारत)  । पछिल्लो एक दिनमा भारतमा १९ हजार ५८२ जना कोरोना भाइरसको संंक्रमणबाट मुक्त भएको परिवार कल्याण मन्त्रालयले  बताएको छ ।

 हाल भारतमा सक्रिय संक्रमित कुल शून्य दशमलव ५६ प्रतिशत मात्र रहेको बताइएको छ ।     

मन्त्रालयले सोमवार दिएको जानकारी अनुसार हाल कोरोनाबाट निको भएकाहरु कुल कोरोना संक्रमितको ९८ दशमलव १२ प्रतिशत रहेको छ । यसैसँगै भारतमा अहिलेसम्म कोरोनामुक्त संख्या ३ करोड ३४ लाख ३९ हजार ३३१ पुगेको सो मन्त्रालयले बताएको छ ।     
     
भारतमा पछिल्लो एक दिनमा १३ हजार ५९६ जना थप व्यक्तिमा कोरोनाभाइरस संक्रमण भएको छ। योसँगै भारतमा कुल संक्रमितको संख्या ३ करोड ४० लाख ८० हजारभन्दा बढी पुगेको छ । भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको संख्या भने १ लाख ८९ हजार पुगेको अधिकारीले बतएका छन् । यो संख्या २२१ दिन यताको सबभन्दा कम भएको बतइएको छ ।     
     
यसैसँगै भारतमा कोरोना शुरु भएयता अहिलेसम्म कुल ४ लाख ५२ हजार ९३१ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । रासस/ एएनआई   
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्