ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

थप ५९१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमणबाट ९ जनाको मृत्यु

२०७८ कार्तिक, १  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक १, काठमाडौं । नेपालमा विगत २४ घण्टामा थप ५९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार दिएको जानकारी अनुसार उक्त अवधिमा पीसीआर र एन्टीजेनसमेत गरी कुल ९ हजार ६९७ ओटा नमूना परीक्षण गर्दा ५९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार सो अवधिमा ९३७ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ११ हजार ८७४ जना रहेका छन् ।उक्त अवधिमा नौ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार २९३ पुगेको छ ।

उक्त अवधिभित्र काठमाडौं उपत्यकामा २७४ कोरोना भाइरसका संक्रमित थपिएका छन्। 

थपिएका संक्रमितमध्ये काठमाडौं जिल्लाका सबैभन्दा बढी २०३ जना रहेका छन्। यसैगरी भक्तपुर जिल्लामा ३० र ललितपुर जिल्लामा ४१ जना संक्रमित थपिएको मन्त्रालयले बताएको छ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्