ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

विश्व शेयर बजार ओर्लियो 

२०७८ कार्तिक, १  
अन्तरराष्ट्रिय
Image Not Found

कात्तिक १, मिलान (इटली) । विश्व शेयर बजार सोमवार ओरालो लागेको छ ।

गत त्रैमासमा चीनको अर्थतन्त्र अपेक्षा गरिएको भन्दा सुस्त गतिमा बढेको तथ्यांक सार्वजनिक भएपछि शेयर बजार ओरालो लागेको हो । विश्व बजारमा कच्चा तेलको भाउमा भएको वृद्धिले महँगी बढाउने चिन्ता बीच पनि शेयर बजार दबाबमा आएको हो । 

गएको शुक्रवार चीनका राष्ट्रपति सि चिनफिङले सम्पत्तिमा अन्तर कम गर्न बुहप्रतिक्षित सम्पत्ति करलाई अगाडि बढाउने बताउँदा पनि लगानीकर्ताको मनोबल घटेको हो । विश्वको शेयर मापन गर्ने बृहत परिसूचक एमएससीआई शून्य दशमलव २ प्रतिशतले ओरोलो लागेको थियो । 

जापानमा निक्केई २२५ परिसूचक शून्य दशमलव १५ प्रतिशतले घटेको थियो । दक्षिण कोरियामा कोस्पी परिसूचकमा शून्य दशमलव २८ प्रतिशतको कमी आएको थियो । चीनमा साङ्हाई कम्पोजिट शून्यदशमलव १२ प्रतिशतले घट्दा हङकङमा हाङशेङ भने शून्यदशमलव ३१ प्रतिशतले बढ्यो । 

सिंगापुरमा सेट कम्पोजिट शून्यदशमलव ३४ प्रतिशतले बढ्दा इन्डोनेशियामा जर्कार्ता कम्पोजिट पनि बढेको थियो । यूरोपमा पनि बेलायत, फ्रान्स र जर्मन शेयर बजार शून्य दशमलव ५ प्रतिशतले देखि शून्य दशमलव ९९ प्रतिशतसम्म घटेका थिए । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्