ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

बैंक लुटपाटमा संलग्न थप एक भारतीय नागरिक पक्राउ

२०७८ कार्तिक, ३  
प्रदेश ०१
NA

विराटनगर (अस) । मोरङको धनपालथान गाउँपालिका–४ कर्सियास्थित सिटिजन्स बैंकबाट लाखौं रुपैयाँ लुटपाटमा संलग्न थप एकजना भारतीय नगारिक पक्राउ परेका छन् । मोरङ प्रहरीको विशेष टोलीले भारत अररिया जिल्लाका २२ वर्षीय रोशन यादवलाई पक्राउ गरेको हो । उनलाई भारतबाटै पक्राउ गरेर ल्याइएको सुरक्षा स्रोतले जानकारी दिएको छ ।

यादव बैंक लुटपाटमा संलग्न मुख्य गिरोह रहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताएका छन् । ‘बैंक लुटपाट घटनाको मुख्य अभियुक्तलाई पक्राउ गर्न सफल भएका छौं,’ घटनाको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकृतले भने । पक्राउ परेका यादवको साथबाट प्रहरीले एक थान पेस्तोल बरामद समेत गरेको छ ।

प्रहरीले लुटेरालाई पक्राउ गरे पनि लुटेको पैसा भने भेटेको छैन । ‘बैंकबाट लुटिएको रकम खर्चिन त्यति सजिलो छैन । ढिलो चाँडो रकम फेला पर्छ,’ एक अनुसन्धान अधिकृतले भने ।

बैंक लुटको घटनामा संलग्न तीनजना यसअघि नै पक्राउ परेका थिए । थप एक जना पक्राउ परेको र घटनाको बारेमा मंगलवार प्रेस विज्ञप्तिमार्फत जानकारी दिइने मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीले बताए । गत सोमवार अपराह्न बैंक लुटेर भाग्ने क्रममा प्रहरीले एक नेपाली नागरिक र दुई भारतीयलाई पक्राउ गरेको थियो । कर्सियास्थित सिटिजन्स बैंकको शाखाबाट लुटिएको २१ लाख ७० हजार ५६३ रुपैयाँ भेटिएको छैन । सो रकम हतियारसहित आएका आठ जनाको लुटेरा समूहले लुटेर लगेको निष्कर्ष प्रहरी प्रशासनको छ । फरारमध्ये केही अभियुक्त भारतमा ‘वान्टेड’ सूचीमा रहेकाले भारतको अररिया प्रहरीले समेत खोजिरहेको छ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement