ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

इङवा हाइड्रोपावरको आईपिओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ

२०७८ कार्तिक, ४  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । इङवा हाइड्रोपावरले  प्रतिशेयर अंकित मूल्य रु. १०० दरको १९ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले शेयर निष्कासन तथा बिक्रीका लागि नेपाल एसबीआई मर्चेन्ट बैंकिङलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

इङवा हाइड्रोपावरको रजिस्टर्ड कार्यालय थापाथलीमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र इङवा हाइड्रोपावरका सञ्चालक सतिश न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गरे । इङवा हाइड्रोपावरले ताप्लेजुङ जिल्लामा ९.७ मेगावाटको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । नेपाल एसबीआई मर्चेन्ट बैंकिङ नेपाल एसबीआई बैंकको पूर्ण स्वामित्वको सहायक कम्पनी हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्