ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

सिटिजन्स बैंक र आगन्तुक रिसोर्टबीच सम्झौता

२०७८ कार्तिक, ४  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र बनेपा काभ्रेस्थित आगन्तुक रिसोर्ट प्रालिबीच सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापछि बैंकका मोबाइल बैंकिङ ग्राहक, डेबिट/क्रडिट कार्डवाहक एवं कर्मचारीले आगन्तुक रिसोर्टका विभिन्न सेवामा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

हालसम्म बैंकको डेबिट कार्ड नभएका ग्राहकका लागिसमेत घरमै बसी निःशुल्क मोबाइल बैंकिङमार्फत डेबिट कार्डका लागि आवेदन दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको बैंकले बताएको छ ।

बैंकले हाल १८३ शाखा, १२१ एटीएम र १११ शाखारहित इकाइमार्फत बैंकिङ सुविधा दिँदै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्