ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

बाढीपहिरो अपडेट : अहिलेसम्म ८८ जनाको मृत्यु पुष्टि, ३० जना बेपत्ता        

२०७८ कार्तिक, ४  
समाचार
Image Not Found

कात्तिक ४, काठमाडौं । बेमौसमी वर्षा पछि आएको बाढीपहिरो र डुबानबाट बिहीवार बिहानसम्ममा मुलुकका विभिन्न जिल्लामा ८८ जनाको मृत्यु भएको गृह मन्त्रालयले बताएको छ ।     
     
मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार कुल ३० जना बेपत्ता भएका छन् । अधिकांशको पहिराका कारण ज्यान गएको हो । बिहीवारमात्रै ११ जनाको मृत्यु पुष्टि भएको छ । यसअघि बुधवार ६३ र मंगलवार १४ जनाको मृत्यु पुष्टि भएको थियो ।

विपद्मा परेर पाँचथरमा मात्रै सबैभन्दा बढी २७ जनाको मृत्यु भएको छ । इलाम र डोटीमा १३/ १३ जनाको मृत्यु भएको छ ।     
     
यस्तै कालीकोट, बैतडी, डडेलधुरा, बझाङ, हुम्ला, सोलुखुम्बु, प्यूठान, धनकुटा, मोरङ, सुनसरी, उदयपुरलगायत १५ जिल्लामा मानवीय क्षति भएको महाशाखाका प्रमुख हुमकला पाण्डेले जानकारी दिनुभयो । विपद्बाट २० जिल्ला प्रभावित भएको छ ।

बझाङमा सबैभन्दा बढी २१ जना हराइरहेका छन् । पाँचथरमा चारसहित विभिन्न जिल्लामा गरेर ३०जना बेपत्ता रहेको  उक्त मन्त्रालयले बताएको छ । बिहीवारबाट भने मौसममा सुधार आएको छ ।   रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्