ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

मेरो माइक्रोफाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट, प्रतिकित्ता मूल्य रू. १६९५.१० पुग्यो

२०७८ कार्तिक, ४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक ४, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार कारोबारमा आएका २१६ ओटा धितोपत्रमध्ये मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा बिहीवार १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । शेयरमूल्य प्रतिकित्ता रू.१ हजार ६९५ दशमलव १० पुगेको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्य बढेको हो ।

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र १ दशमलव ०५२६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।

सोही कारण कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण परेको देखिन्छ । कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्