ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

३८ घण्टापछि दुहबी सबस्टेशन पुन: सञ्चालनमा

२०७८ कार्तिक, ४  
प्रदेश ०१
Image Not Found

कात्तिक ४, सुनसरी । अविरल वर्षाका कारण डुबानमा परेको सुनसरीको दुहबीस्थिति १३२ केभी सबस्टेशन ३८ घण्टापछि पुनः सञ्चालनमा आएको छ । 

डुबानका कारण मंगलवार रातिदेखि बन्द भएको दुहबी सबस्टेशन पानी फालेर बिहीवार बिहानदेखि सञ्चालनमा ल्याइएको हो ।

‘हाम्रो टिमको रातदिनको खटाइ, स्थानीय तह, प्रशासन, सुरक्षाकर्मी, स्थानीय बासिन्दालगायतको सहयोगबाट सबस्टेशनभित्र पसेको पानी फालेर चार्ज गर्न सफल भएका छौँ’, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘अब दुहबी सबस्टेशनबाट निकालिएका लाइनको क्रमशः चार्ज गर्दै त्यस क्षेत्रमा विद्युत् आपूर्ति गरिरहेका छौँ ।’

प्रदेश नं १ का जिल्लामा विद्युत् आपूर्ति गर्ने मुख्य दुहबी सबस्टेशन डुबानमा परेपछि  मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरलगायतका जिल्लामा विद्युत् आपूर्ति बन्द भएको थियो । 

सबस्टेशन सञ्चालनमा आएसँगै अहिले अधिकांश ठाउँको विद्युत् आपूर्ति शुरु भइसकेको छ ।

उपकरणमा ठूलो क्षति नपुगेकाले आवश्यक सुरक्षात्मक उपाय अपनाएर सबस्टेसन चार्ज गर्न सफल भएको प्राधिकरण दुहबी ग्रिड शाखा प्रमुख राजेश रेग्मीले जानकारी दिए । सबस्टेशनमा रहेका चारवटा पावर ट्रान्सफर्मरको क्षमता २१९ एमभिए छ ।

यसैगरी वर्षाका कारण विभिन्न स्थानमा रुख ढल्दा बन्द भएको अत्तरिया (कैलाली)–चमेलिया (दार्चुला) १३२ केभी प्रसारण लाइन पनि सञ्चालनमा आएको छ । अवरोधलाई हटाएर आजदेखि प्रसारण लाइन सञ्चालनमा आएको छ । 

प्रसारण लाइन सञ्चालनमा आएसँगै सुदूरपश्चिमका पहाडी जिल्लामा पर्ने अधिकांश भागमा विद्युत् आपूर्ति पुनः शुरु भएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्