ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

सरकार राहत तथा क्षतिपूर्ती उपलब्ध गराउन प्रतिवद्ध छ : प्रधानमन्त्री देउवा

२०७८ कार्तिक, ४  
कर्णाली प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

कार्तिक ४, सुर्खेत । प्रधानमन्त्री शेरबहादुर देउवाले अविरल वर्षाले क्षति पु¥याएका नागरिकलाई सरकारले आवश्यक राहत उपलव्ध गराउन कुनै कसर बाँकी नराख्ने बताउनु भएको छ ।

बाढीपहिराले क्षति पुर्‍याएको सुदूरपश्चिमका जिल्लाहरुको निरीक्षण गर्न सुर्खेतबाट सुदूरपश्चिम जानु भएका प्रधानमन्त्री देउवाले बिहीवार सुर्खेत विमानस्थालमा कर्णाली प्रदेश सरकार एवम् सुरक्षा निकायसँग प्रदेशको अवस्था बुझ्दै बाढीपहिरोबाट प्रभावित नागरिकलाई सरकारले राहत उपलव्ध गराउँने निर्णय गरिसकेको जानकारी दिनुभयो । 

उहाँले जलवायु परिवर्तनका कारण यति ठूलो महाविपत्तिले क्षति पुर्‍याएकाले क्षतिग्रस्त ठाउँहरुको निरीक्षण गरेर थप राहत र क्षतिपूर्ती उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्