ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

अपि पावर र नेपाल फाइनान्सद्वारा हकप्रद शेयर निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन 

२०७८ कार्तिक, ४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक ४, काठमाडौं । अपि पावर कम्पनी लिमिटेड र नेपाल फाइनान्स लिमिटेडले हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गराएका छन् ।

अपि पावरले १ बराबर शून्य दशमलव ३९३९ कोअनुपातमा १ करोड ८ लाख ६० हजार कित्ता र नेपाल फाइनान्सले १ बराबर शून्य दशमलव ७० को अनुपातमा ३४ लाख ५४ हजार ४७४ दशमलव २८ कित्ता हकप्रद शेयर निष्कासनका लागि बोर्डमा निवेदन दिएका हुन् । अपि पावरले असोज २५ गते र नेपाल फाइनान्सले कात्तिक १ गते बोर्डमा निवेदन दिएको हो ।

नेपाल फाइनान्सले यस अघि १ बराबर १ दशमलव ७५ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई परिमार्जन गरी ललितपुर फाइनान्सलाई प्राप्त पश्चात कायम भएको चुक्तापूँजी रू. ८३ करोड ८९ लाख ४३ हजारको आधारमा कम्पनीले १ बराबर शून्य दशमलव ७० को अनुपातमा हकप्रद शेयर जारी गर्ने तयारी गरेको हो । नेपाल फाइनान्सको हकप्रद शेयर विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

त्यस्तै अपि पावर कम्पनीले यस वर्ष वितरण गरेको १० दशमलव ५० प्रतिशत बोनस शेयरपश्चात कायम चुक्तापूँजीको आधारमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले बोनस पश्चात कायम चुक्तापूँजी रू. २ अर्ब ७५ करोड ८९ लाख १५ हजारको आधारमा उक्त अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

अपि पावर कम्पनीले निर्माणाधीन ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाका लागि थप पूँजी जुटाउन हकप्रदको सहारा लिएको हो । उक्त आयोजनाको अनुमानित लागत रू. ७ अर्ब ४० करोडमध्ये रू. २ अर्ब २२ करोड शेयरधनीहरुबाट संकलन गर्ने योजना कम्पनीको रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्