ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

सानिमा बैंकका थप दुई शाखा विस्तार

२०७८ कार्तिक, ५  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । सानिमा बैंक काठमाडौंको चपली र भक्तपुरको बालकोटमा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । चपली शाखा उद्घाटन बैंक सञ्चालक समिति अध्यक्ष विनयकुमार श्रेष्ठ र बूढानीलकण्ठ नगरपालिका–७ का वडाध्यक्ष बसबहादुर महर्जनले संयुक्त रूपमा गरे ।

बालकोट शाखा उद्घाटन सूर्यविनायक नगरपालिका उपप्रमुख जिना बस्नेत र सूर्यविनायक–२ नम्बर वडाध्यक्ष  कमलनाथ आचार्यले संयुक्त रूपमा गरे । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालले नयाँ विस्तार गरिएका शाखाबाट आधुनिक बैंकिङ सुविधा उपलब्ध गराइने बताए । बैंकल हाल ११६ शाखा र ९७ एटीएमबाट बैंकिङ सेवा दिँदै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्