ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

साताको अन्तिम कारोबार दिन सुनको मूल्य स्थिर

२०७८ कार्तिक, ५  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक ५, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रवार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् बिहीवार रू. ३०० ले बढेको सुनको मूल्य शुक्रवार स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाला सुन प्रतितोला रू. ९१ हजार ७०० मा कारोबार भएको छ । बिहीवार पनि छापावाला सुन सोही मूल्यमा कारोबार भएको थियो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९१ हजार २०० मा कारोबार भएको छ ।

यस्तै, शुक्रवार चाँदीको मूल्य भने घटेको छ । बिहीवार प्रतितोला रू. १ हजार २६० मा कारोबार भएको चाँदी शुक्रवार रू. १ हजार २५० मा कारोबार भएको  छ । बिहीवारको तुलनामा शुक्रवार चाँदीको मूल्य रू. १० ले घटेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्